फार्मासिस्टहरुको लाइसेन्स परीक्षा असोजको दोस्रो साता सञ्चालन गर्ने तयारी



Download our app to get more features

काठमाडौं, २५ भदौ । नेपाल फार्मेसी काउन्सिलले फार्मासिस्टहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा सञ्चालन गर्न स्वीकृति पाएको छ । 

भदौ १९ मा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्न काउन्सिललाई स्वीकृति दिएको हो ।

काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर परीक्षा सञ्चालनको अनुमति पाएको र असोजको दोस्रो साताको आसपासमा परीक्षाको तयारी गरिररहेको बताए ।

उनले भने, ‘एउटा परीक्षा केन्द्रमा बढीमा २५ जना, प्रत्येक परीक्षार्थीको दुरी कम्तिमा २ मिटर कायम गर्नुपर्ने, मास्क सेनिटाइजर लगातका आवश्यक सामग्रीको प्रयोग गरी परीक्षा लिन भनिएको छ । हामीले त्यहि अनुसार गर्दैछौँ ।’

यसअघि कोरोना संक्रमण बढ्दै जाँदा गत भदौ १२ र १३ का लागि तय भएको काउन्सिलको १५ औँ लाइसेन्स परीक्षा स्थगित भएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts