नेपालमा कोरोना संक्रमितको संख्या ५० हजारभन्दा बढी, निको हुनेको संख्या ३५ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, २५ भदौ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा १२ सय ४६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा थप १८ सय १८ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या पनि ३५ हजार ७ सय पुगेको छ ।

यसैगरी कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

Last modified on 2020-09-10 16:35:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts