चितवन भरतपुरका ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

चितवन, २५ भदाै । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित पुरुषकाे मृत्यु भएकाे छ ।
चितवन जिल्लाकाे भरतपुर महानगरपालिका–११ काे ६२ वर्षीय पुरुषकाे बिहीवार दिउँसो १२:२० बजे मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । ती पुरुषलाई भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएकाे थियाे ।
भदौ २० गते अस्पताल भर्ना भएका उनकाे भदाै २२ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । प्रमुख कार्यकारी अधिकृत देवकोटाका अनुसार ती पुरुषमा निमोनियासँगै श्वासप्रश्वासमा समेत गम्भीर समस्या देखिएकाे थियाे ।
याेसँगै अहिलेसम्म चितवनमा २४ जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या १३ पुग्याे । यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका ११ जनाकाे मृत्यु भईसकेकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।