डडेल्धुरा अस्पतालमा मात्र २५ सय तिरेर कोरोना परीक्षण गर्न पाइने



Download our app to get more features

डडेल्धुरा, २५ भदौ । डडेल्धुरा अस्पतालमा अब २ हजार ५ सय तिरेर स्वइच्छाले कोरोना परीक्षण गराउन सकिने भएको छ । 

अस्पतालले बिहिबार एक सूचना जारी गरी निर्देशिका भन्दा बाहिरका अर्थात कसैले स्वेच्छाले कोरोनाको पिसिआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन कार्य संचालन केन्द्र तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार शुल्क तोकिएको अस्पतालका निमित्त मेसु डा. जगदिशचन्द्र विष्टले जानकारी दिए ।

यसअघि सेती प्रादेशिक अस्पतालले पनि स्वेच्छाले कोरोनाको पिसिआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरिसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts