काठमाडौं उपत्यकामा एकैदिन ४६४ जना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २४ भदौ । बुधबार काठमाडौं उपत्यकामा ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा ३ सय ९४, ललितपुरमा ३६ र भक्तपुरमा ३४  संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

काठमाडौंमा ७ हजार ६ सय ११ ललितपुरका १ हजार ११  र भक्तपुरमा ८ सय १८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको  हो। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ। 

पछिल्लो २४ घन्टामा थप ९ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  ३३ हजार ८ सय ८२ उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ।

Last modified on 2020-09-09 21:12:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts