नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो, निको हुनेको संख्या ३३ हजारभन्दा बढी



Download our app to get more features

काठमाडौं, २४ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक हजार ८१ नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालका विभिन्न ४६ वटा प्रयोगशालामा गरिएको ११ हजार १ सय ६७ पिसिआर परीक्षण गरिएकोमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनले नेपालमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४९ हजार २ सय १९ पुगेको जानकारी गराए ।

यस्तै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा थप ९ सय १८ जना स्वस्थ भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ । यो दर कुल संक्रमितको तुलनामा ६८ दशमलव ८ प्रतिशत रहेको छ ।

प्रवक्ता डा गौतमले हाल नेपालभर १५ हजार २५ सक्रिय संक्रमितको संख्या रहेको भन्दै नेपालभर ७ हजार ९ सय ८८ जना संस्थागत आइसोलेशनमा रहेको र ७ हजार ३७ जना होम आइसोलेसनमा रहेको बताए ।  

Last modified on 2020-09-09 16:24:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts