बाँकेमा एकै दिन ७७ जना कोरोना मुक्त्त भएर घर फर्किदै

बाँके, २४ भदौ । बाँकेमा एकै दिन ७७ जना संक्रमित कोरोनामुक्त भएर घर फर्कने भएका छन । यो कोरोना मुक्त्त हुने अहिले सम्मकै ठूलो संख्या हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज घर फर्कनेहरुमा पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत नेपाली सेनाका ५१ जना, भेरी अस्पतालमा कार्यरत एक डाक्टर र दुई नर्स, नेपाल टेलिकमका ८ कर्मचारी र अन्य स्थानिय गरी ७७ जना डिस्चार्ज हुन लागेका हुन ।
भाद्र १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरु जिल्लाका बिभिन्न आईसोलेशनमा उपचार गरिरहेका थिए । आईसोलेट भएका ब्यक्तिहरुमा १४ दिनसम्म कोरोनाको कुनै पनि लक्षण नदेखीएपछि डिस्चार्ज गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए ।
योसँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको सँख्या ९ सय १५ पुगेको छ ।