अल्का अस्पतालमा काठमाडौंका कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं,२४ भदौ ।  काठमाडौंमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ती पुरुषको ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

संक्रमित पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार ललितपुरमा मंगलबार थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ। १८ पुरुष र २१ महिला संक्रमित मंगलबार राती ८ बजेसम्म थप भएको पनि कार्यालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts