टिचिङ अस्पतालको निर्देशकमा डा दिनेश काफ्ले नियुक्त

काठमाडौं,२४ भदौ । त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कार्यकारी निर्देशकमा प्राडा दिनेश काफ्ले नियुक्त भएका छन्।
अस्पतालका अर्थोपेडिक सर्जन डा काफ्लेलाई त्रिवि कार्यकारी परिषदले मंगलबार निर्देशकमा नियुक्त गरेको हो।
त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) को डीन प्राडा दिव्यासिंह शाहको सिफारिसमा त्रिवि उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले प्राडा काफ्लेलाई मंगलबार कार्यकारी निर्देशक पदमा नियुक्त गरेका हुन् । निर्देशक नियुक्त डा काफ्लेले बुधबार बिहान पदवहाली गरेका छन्।
यसअघि अस्पतालमा अर्को व्यवस्था नभएसम्मका लागि डा रोहित कुमार पोखरेललाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो।
कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाको कार्यकाल सकिएपछि डा पोखरेललाई निमित्त दिइएको थियो।
अस्पतालको कार्यकारी निर्देशकको पद ४ वर्षको हुन्छ।