चितवनका १८ महिने बालकसहित ११ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ११ सय नजिक

चितवन, २४ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका १८ महिने बालकसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलवार राती १२ बजेसम्म गरिएकाे परीक्षणकाे नतिजा अनुसार चितवनका ११ सहित थप १२ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् । त्यस मध्ये जिल्ला बाहिरका संक्रमित हुनेमा सिन्धुपाल्चोकका ३९ वर्षीय एक जना पुरुष रहेका छन् ।
अन्य संक्रमित हुनेहरूमा भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जना छन् । त्यसैगरि माडी नगरपालिकाका १८ महिने बालक सहित २७ वर्षीय एक जना युवक छन् ।
मंगलवार प्रयाेगशालामा राति १२ बजेसम्म २ सय ५७ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती १२ जनामा संक्रमण देखिएकाे हाे । बाँकी २ सय ४५ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशालाकी प्रमुख डा. अधिकारीले बताइन् । उनीहरूकाे नतिजा बुधवार बिहान सार्वजनिक गरिएकाे हाे ।
भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा उनीहरूकाे स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे । याेसँगै अहिलेसम्म चितवनमा काेराेना संक्रमित हुनेकाे संख्या एक हजार ६३ जना पुगेकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । त्यसमध्ये निकाे हुनेकाे संख्या तीन सय नजिक छ । त्याे मध्ये अहिलेसम्म जिल्ला भित्रका १२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।