पाँच सयभन्दा बढी सक्रिय संक्रमित यी जिल्लामा छन्



Download our app to get more features

काठमाडौं,२३ भदौ । देशभर पछिल्लो २४ घण्टामा ९०२ कोरोना संक्रमित देखिएका छन्। देशभरका ४६ जिल्लामा तीन सय ७ महिला र पाँच सय ९५ पुरुष गरी ९०२ संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंगलबारसम्म देशभरका ८ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मंगलबार देशभर १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित छन्।

जसअनुसार प्रदेश १ को मोरङ र सुनसरीमा पाँच सय भन्दा बढी संक्रमित छन्। मोरङमा  ६ सय १६ जना र सुनसरीमा ५ सय ७२ जना सक्रिय संक्रमित रहेका छन्।

त्यसैगरी, प्रदेश २ का धनुषामा ५ सय ७१ र सर्लाहीमा ८००, बारामा ५ सय ३३ र पर्सामा ५ सय ६४ जना सक्रिय संक्रमित छन्।

बागमती प्रदेशको काठमाडौंमा ४ हजार ५ सय ८९  जना, ललितपुरमा ५ सय ३३  जना र चितवनमा ६ सय ७८ जना संक्रिय संक्रमित रहेका छन्।

प्रदेश ५ को रुपन्देहीमा ७ सय ७५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

देशभर, प्रदेश १ को ताप्लेजुङ, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्लामा शून्य संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Last modified on 2020-09-08 20:58:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts