काठमाडौं उपत्यकामा कोरोनाको जोखिम अझै उच्च 



Download our app to get more features

काठमाडौं, २३ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन सय जना, ललितपुरमा ३८ जना र भक्तपुरमा कोरोनाका ५८ जना सङ्क्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार नौ सय ७६ पुगेको छ ।

अहिलेसम्म काठमाडौंमा सात हजार दुई सय १७, ललितपुरमा नौ सय ७७ तथा भक्तपुरमा सात सय ८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।   

केही दिनयता काठमाडौं उपत्यकासहित कोरोना सङ्क्रमणको उच्च जोखिम देखिएका जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts