म्याद गुज्रेका औषधि बरामद

What's This?


Download our app to get more features

लमजुङ, २७ असार । लमजुङको उत्तरी क्षेत्रमा पर्ने खुदी र भुलभुले बजारमा रहेका स्वास्थ्य क्लिनिक र किराना पसलहरुको अनुमगन गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार निरीक्षक तीर्थबहादुर अधिकारीको नेतृत्वको अनुगमन टोलीले शनिवार चारवटा स्वास्थ्य क्लिनिकका साथै पसलहरुको अनुगमन गरेको थियो । 

आवश्यक कागजात, औषधि विभागको अनुमति पत्र नभएको खुदी– १ बजारमा रहेको खुदी क्लिनिक प्रालिलाई अनुगमन टोलीले बन्द गराएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ । कागजात पूरा गर्न सो क्लिनिकलाई १५ दिनको म्याद दिइएको जनस्वास्थ्य निरीक्षक त्रिलोकचन्द गुरुङले बताए । 

जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाइजर लक्ष्मण बसौलाका अनुसार सोही क्लिनिकबाट डाक्टरको सिफारिसविना बिक्री गर्न नमिल्ने कोडेप लगायतका औषधि बरामद गरिएको छ । 

यस्तै, अन्य क्लिनिकहरुबाट म्याद गुज्रेका औषधिहरु बरामद गरिएको बसौलाले बताए । 

 

Last modified on 2016-07-11 11:22:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts