कोरोना संक्रमण पुष्टि भएपछि काँग्रेस महामन्त्री डा कोइराला होम आइसोलेशनमा

काठमाडौं, २३ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोना संक्रमित भएका छन् ।
डा कोइरालाले आफ्नो सामाजीक सञ्जाल ट्वीटरमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् ।
उनले मंगलवार गरिएको पिसिआर परीक्षणको क्रममा आफूमा कोरोना पोजेटिभ आएको भन्दै हाल होम आइसोलेशनमा बसेको पनि बताएका छन् ।
साथै डा कोइरालाले आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकहरुको सल्लाहमा घरमै बसिरहेको पनि उल्लेख गरेका छन् ।
उनले आफूसँग पछिल्लो केहि दिनदेखि प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन र सर्तकता अपनाउन पनि आग्रह गरेका छन् ।