डडेल्धुराको एकै गाउँका ४० जनामा भाइरल ज्वरो, स्वास्थ्यकर्मी खटाईयो



Download our app to get more features

डडेल्धुरा, २३ भदौ । डडेल्धुरामा एकै गाउँका ४० जनालाई भाइरल ज्वरो भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिका –२ मणिलेकस्थित बगाल–भुलेउडा गाउँका ४० जनालाई भाइरल ज्वरो देखिएको हो ।

उक्त जानकारी पाएपछि सोमबारबाट त्यहाँ स्वास्थ्यकर्मी खटिएका छन् ।

उनीहरुको मलेरिया, स्क्रब टाइफस र कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मी खटाएको नवदुर्गा गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक दिपेन्द्र बिष्टले बताए ।

प्रभावित गाउँमा ज्वरो आएका ४० जनाको परिवारका सदस्य गरी ६४ जनाको मलेरियाको जाँच गरिएको छ । उनीहरु ६४ जनाकै रिपोर्ट नेगेटिभ आएको भएपनी १८ जनाको शंकापद भएकाले मलेरियाको माईक्रोस्कोपिक जाँचका लागि डडेल्धुरा अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

साथै ६४ जना मध्ये ५ जनाको स्क्रब टाइफस जाँच गर्दा उक्त जाँच पनि नेगेटिभ आएको नवदुर्गा स्वास्थ्य शाखाले जनाएको छ ।

भाइरल ज्वरो आएकाहरु मध्ये जिनएक्सपर्ट ३ जना, टिबी माइक्रोस्कोपीको लागि ६ जना र कोरोना परीक्षण लागि ७ जनाको स्वाव संकलन गरी डडेल्धुरा अस्पताल लगिएको छ ।

Last modified on 2020-09-08 18:15:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts