नेपालमा थपिए ९ सय २ नयाँ संक्रमित, निको हुनेको संख्या ३३ हजार नजिक



Download our app to get more features

काठमाडौं, २३ भदौ । नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित एकैदिन सवस्थ भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै व्यक्तिहरु कोरोना संक्रमणपछि निको भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार २ सय ८७ जना स्वस्थ भएको र नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको बताए ।

उनका अनुसार नेपालमा योसँगै निको हुनेको संख्या ६८ दशमलव ५ प्रतिशत पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ९ सय २ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रवक्ता डा गौतमले नेपालमा योसँगै कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको बताए ।

Last modified on 2020-09-08 16:22:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts