दार्चुलामा कालाजारका बिरामी भेटिए

दार्चुला, २३ भदौ । दार्चुलामा कालाजारका तीन जना बिरामी भेटिएका छन् ।
जिल्लाको दुहुँ गाउँपालिकाकी २२ वर्षीया महिलामा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
ती महिला उपचारका लागि अस्पतालमा आएकी थिइन् । उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको अस्पतालले जनाएको छ ।
यो वर्ष दार्चुलामा ३ जनामा कालाजार देखिएको छ । वैशाखमा एक जना र असारमा एक जना पुरुषमा कालाजार देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण जिवजन्तु, जिवाणु र परजिविहरुले समेत बसाइसराइ गर्न थालेका छन् । तराईका जिल्लाहरुमा पाइने लामखुट्टे, भुसुनाजस्ता परजीवीको बिगबिगी पछिल्लो समय पहाडी तथा हिमाली जिल्लाहरुमा समेत बढ्दै गएको छ । जसले गर्दा मलेरिया, कालाजार जस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको संक्रमण देखिन थालेको छ ।