कोरोनाको कारण देखाउँदै रुपन्देहीका ५ पालिकामा नियमिति खोप सेवा बन्द

रुपन्देही, २३ भदौ । रुपन्देहीका पाँच स्थानीय तहमा नियमित खोप सेवा कार्यक्रम बन्द भएको छ ।
संघिय र प्रदेश सरकारको निर्णय उल्लघंन गर्दै आफ्नो निर्णय लागू गरि बालबालिकालाई दिइने नियमित खोप कार्यक्रम पाँच स्थानीय सरकारले कोरोनाको कारण देखाउँदै बन्द गरेका हुन् ।
संघिय सरकार र प्रदेश सरकारले बालबालिकालाई खोप लगाउने कार्यलाई निरन्तरता दिन सबै जिल्ला, स्थानिय र नगरलाई परिपत्र गरेको थियो ।
सरकारको परिपत्रलाई उल्लघंन गर्दै रुपन्देहीका तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, ओमशतिया गाउँपालिका र रोहिणी गाउँपालिकाले नियमित खोप सेवा कार्यक्रम बन्द गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ती नगरपालिका गाउँपालिकालाई खोप नरोक्न आग्रह गर्दा समेत गाउँपालिकाले नमानी आफ्नो निर्णय गरेर बन्द गरेको जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा ५ वटा स्थानियले आफनो निर्णय लागु गरेको र जिल्लाको अनुरोध नमानेको बताए ।
उनले भने, 'हामीले उहाँहरुलाई पटक पटक भनेका छांै खोप नरोकौ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए क्यवारेन्टाईन, होम आईसोलेशनमा बसाऔं । अरु संक्रमित नभएकालाई खोप केन्द्रमा परिचालित गरि खोप लगाउन आग्रह गरेका हौ तर सुन्नु भएन ।'
'कञ्चन गाउँपालिकाका बच्चालाई बुटबलमा खोप लगाउन आउन समस्या भयो । पहिलो कुरा सवारी साधनको समस्या अर्काे कुरा टाँढाबाट आउन उस्तै समस्या । के कञ्चन गाउँपालिकामा कोरोना देखिने र फैलिने डर हुने तर, बुटवलमा त्यो डर हुँदैन ? 'शर्माले थपे ।
तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले कोरोनाको संक्रमण समुदायमा उच्च फैलिएको कारण नियमित खोप एक महिना रोकेको बताए ।