बैतडीमा स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने पक्राउ



Download our app to get more features

बैतडी, २३ भदौ । बैतडीमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने पक्राउ परेका छन् । 

कुटपिट गर्ने सिगास गाउँपालिका –३ का भानसिंह बोहरालाई मंगलबार दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
 
बोहराले सोमबार बेलुका स्वाब संकलनका लागि गइरहेका बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भुपेन्द्र बोहरालाई कुटपिट गरेका थिए । 
कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
 
बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि गएका स्वास्थ्यकर्मी बोहराले भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धी बैठक चलिरहेको बेला सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका थिए । सोही विषयमा मदिरा सेवन गरेका भानसिंह बोहराले आफुमाथि कुटपिट गरेको स्वास्थ्यकर्मीले बताए । 

कुटपिटबाट ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts