चिकित्सक सहित गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना सङ्क्रमण



Download our app to get more features

काठमाडौं, २३ भदौ । पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ५९ जना सङ्क्रमित थपिएका छन् । 

 सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका कामदार २४ जना छन् । जसमा २० महिला र ४ पुरुष रहेका छन् । 

 त्यस्तै पोखराको पार्कल्यान्ड अस्पतालका एक जना चिकित्सक र गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीमा पनि सङ्क्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सुस्ता पूर्व) मा ९ जना त्यस्तै तनहुँका ३ जना बाग्लुङका ९ जना र गोरखाका १० जनामा समेत सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार छ सय ६० जना पुगेको छ । एक हजार सात सय ८५ जना निको भएका छन् भने २० जनाको  मृत्यु भएको छ । 

Last modified on 2020-09-08 12:47:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts