निःशुल्क उपचार गरेर विश्व मुख स्वास्थ्य दिवस मनाइने

What's This?


Download our app to get more features

काठमाण्डौं, ५ चैत्र । नेपाल डेन्टल एसोसिएसनले एक हप्ता निशुल्क मुखको उपचार गरेर विश्व मुख स्वास्थ्य दिवस मनाउने भएको छ । एसोसिएनले शुक्रबार पत्रकार सम्मेलन गरेर विश्व मुख स्वास्थ्य दिवसको अवसरमा मार्च १७ देखि २३ गतेसम्म दन्त चिकित्सकहरुलाई निःशुल्क मुख तथा दन्त परीक्षण गर्न आह्वान गरेको जानकारी दिएको छ । 


स्वास्थ्य मुख, स्वास्थ्य शरीर भन्ने नारासहित मनाउन लागेको दिवसको अवसरमा २० मार्चमा प्रभातफेरिसमेत निकाल्ने एसोसिएसनले जनाएको छ ।  एसोसिएसनका महासचिव डा. प्रतिक श्रेष्ठले मुखले शरीरको स्वास्थ्यको अवस्था दर्शाउने भएकोले आफूहरुले दिवसको अवसर पारेर मुख स्वास्थ्यको विषयमा जनचेतना फैलाउने गरी काम गर्ने बताए । 


उनले फ्लोराइडयुक्त टुथपेष्टले दिनको दुई पटक दाँत माझ्दा मुखलाई स्वास्थ्य राख्न सकिने बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts