काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८५८० पुग्यो



Download our app to get more features


गएको २४ घण्टामा काठमाडौं उपत्यकामा तीन सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ९३, भक्तपुरमा १३ जना र ललितपुर २० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय ८० पुगेको छ ।

अहिलेसम्म काठमाडौमा ६ हजार नौ सय १७, ललितपुरमा नौ सय ३९ तथा भक्तपुरमा सात सय २४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।   

केही दिनयता काठमाडौं उपत्यकासहित कोरोना सङ्क्रमणको उच्च जोखिम देखिएका जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ । काठमाडौं उपत्यकाको निषेधाज्ञा पनि लम्ब्याएर भदौ २४ गतेसम्म पुर्याइएको छ ।

Last modified on 2020-09-07 20:07:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts