रुपन्देहीमा ४१ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

रुपन्देही, २२ भदौ । रुपन्देहीमा सोमबार ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३५ पुरुष र ६ महिला रहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकामा १८ जना संक्रमित देखा परेका छन् । जसमा १४ जना पुरुष र ४ जना महिला रहेका छन् ।

यसैगरी ओमसतिया गाउँपालिकामा १६ जना पुरुषमा सक्रमण देखिएको छ भने बुटवल उपमहानगरपालिकामा नयाँ थपिएका ४ जना संक्रमित मध्ये ३ पुरुष र १ महिला रहेका छन् । सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकामा १र१ जना संक्रमित थपिएका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ । जसमध्य ६ सय ५३ जना संक्रमित निको भएका छन् भने ६ सय ६२ संक्रमित उपचाररत अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

Last modified on 2020-09-07 19:41:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts