चितवनमा अबदेखि ३ वटा प्रयाेगशालामा कोरोना परीक्षण हुने



Download our app to get more features

चितवन, २२ भदाै । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले समेत काेराेनाकाे पिसिआर परीक्षण सुरू गरेकाे छ ।

आइतवार संकलन भएका स्वाबकाे साेमबारदेखि काराेना परीक्षण सुरू गरिएकाे अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

अस्पतालमा उपचारका लागि आउने बिरामी र यहाँ कार्यरत कर्मचारीलाई विशेष लक्षित गरेर प्रयाेगशाला सञ्चालनमा ल्याईएकाे उनले बताए । यहाँ आरटिपिसिआर प्रविधिबाट काेराेना परीक्षण गर्न तीन हजार पाँच सय रूपैयाँ तिर्नु पर्ने उनले जनाए ।

अस्पतालमा उपलब्ध स्रोत र साधनमा केही थपगरि प्रयाेगशाला सञ्चालनमा ल्याइएकाे उनले बताए । चितवनमा यसअघि सरकारीतर्फ भरतपुर अस्पताल काेभिड-१९ प्रयाेगशाला र निजीतर्फ चितवन मेडिकल कलेजले काेराेना परीक्षण गर्दै आएका छन् ।

याेसँगै चितवनमा साेमबारदेखि ३ वटा काेराेना प्रयाेगशाला सञ्चालनमा आएका छन् ।

Last modified on 2020-09-07 16:47:29

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts