नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय पुग्यो
२४ घन्टामा थपिए ९ सय ७९ नयाँ संक्रमित

काठमाडौं, २२ भदौ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९ सय ७९ जना नयाँ संक्रमित फेला परेका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालभर पछिल्लो २४ घन्टामा गरिएको ९ हजार २ सय १८ पिसिआर परीक्षणमा ३ सय ३८ जना महिला र ६ सय ४१ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
उनले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको पनि जानकारी गराए ।
डा गौतमले पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भन्दै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय पुगेको पनि बताए ।
यस्तै हाल नेपालभर एक सय ७१ जना आईसीयूमा उपचाररत छन् भने २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।