नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा एक हजार ७ सय ३६ जना स्वस्थ भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा पछिल्लो समय कोरोना संक्रमणपछि निको हुनेको दर वृद्धि हुँदै गएको बताए ।
उनले हालसम्म नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको बताए ।
उनका अनुसार यो संख्या कुल संक्रमितको ६५ प्रतिशत रहेको छ ।
यस्तै हाल नेपालभर १६ हजार २ सय ५९ सक्रिय संख्या रहेको छ भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७ हजार १ सय ९० जना होम आइसोलेसनमा रहेका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३९ छ ।
Last modified on 2020-09-07 16:26:09