डोटीमा स्क्रब टाइफस देखियो



Download our app to get more features

डोटी, २२ भदौ । डोटीमा एक महिनाको अवधिमा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । 

जिल्ला अस्पताल डोटीका अनुसार गएको साउन २० गतेदेखि भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन् । 

सङ्क्रमण देखिएकामध्ये केहीमा जटिल समस्या देखिएका कारण आईसीयू आवश्यक पर्ने भएकाले जिल्लाबाहिरका सुविधा सम्पन्न अस्पतालमा थप उपचारका लागि रेफर गरिएको जिल्ला अस्पताल डोटीका एमडीजीपी डाक्टर प्रमोद भट्टले बताए । 

‘सङ्क्रमण देखिएका केही बिरामीमा जटिल समस्या देखिएकालले थप उपचारका लागि जिल्लाबाहिर पठाईएको छ ।  

स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालय डोटीमार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय डोटीले बताएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts