स्वास्थ्य मन्त्रालयका २ सहित ४० कर्मचारी पुरस्कृत

काठमाडौं,२२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २ जना निजामती पुरस्कारबाट सम्मानित भएकाछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयू इन्चार्ज उषादेवी देवकोटाले उत्कृष्ठ निजामती कर्मचारी पुरस्कार प्राप्त गरेकीछन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टले यसबर्षको निजामती सेवा पुरस्कार प्राप्त गरेकाछन् ।
टेकु अस्पतालमा आइसियु इन्चार्जका रुपमा कार्यरत देवकोटा नर्सिङ निरीक्षक (अधिकृत छैटौँ) तहमा कार्यरत छिन्। उनलाई १ लाख रुपैयाँ सहितको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदन गरिएको हो।
यस्तै, ५० हजार रुपैयाँ रासीको पुरस्कार विष्टले प्राप्त गरेका हुन्।
निजामति कर्मचारी दिवसका अवसरमा यसपालि पनि सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार भने कसैले पनि नपाउने भएका छन्। कुनै पनि निजामति कर्मचारीले सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार नपाएको यो लगातार चौथो वर्ष हो।
यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेकाछन् ।
यसैगरी निजामती पुरस्कार पाउनेहरूमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे छन् ।
यसैगरी मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गर्नुभएको सङ्घीय मन्त्रालयले जनाएको छ ।
निजामती कर्मचारीहरुले पाउने पुरस्कार भएपनि यसपटक संघीय मन्त्रालयले कोरोना महामारी रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्य समूहका कर्मचारीलाई पनि पुरस्कृत गर्ने निर्णय गरेको छ ।