गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २२ भदौ । गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ४ जिल्लामा संक्रमति थपिएका हुन्। 

कास्कीका ३१ जना, पूर्वीनवलपरासीका १५, गोरखाका १८ र तनहुँका ३ जनाका संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ पुरुष छन्।

पोखरा महानगरपालिकाको मेडिप्लस अस्पतालमा उपचाररत २ जना बिरामी, पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी,  ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी पनि संक्रमित भएका छन्।

यस्तै, नवलपरासी, देबचुली १२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ।
 

Last modified on 2020-09-07 09:11:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts