एमबीबीएस र बीडीएस लाईसेन्स परीक्षाको नतिजा प्रकाशित 



Download our app to get more features

काठमाडौ, २२ भदौ । नेपाल मेडिकल काउन्सिलले भदौ २० गते (शनिवार) लिएको एमबीबीएस र बीडीएस लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

काउन्सिलले आइतबार राती नतिजा सार्वजनिक गरेको हो । काउन्सिलले एमबीबीएस र बीडीएस उत्तिर्ण गरेका चिकित्सकहरुले काम गर्न पाउने अनुमतिको लागि लिने यो परीक्षा कोरोनाका कारण ५ महिनापछि लिएको थियो ।

 काउन्सिलले पहिलो पटक उपत्यका बाहिरका ९ र उपत्यकाका ८ ठाउँबाट परीक्षा लिएको हो । उपत्यका बाहिरबाट उत्तर पुस्तिका ल्याएर परीक्षण गर्नुपरेकाले नतिजा प्रकाशनमा ढिला भएको काउन्सिलका  रजिष्टार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 

चिकित्सादर्ता प्रमाण परिक्षामा मेडिकल तर्फ ७ सय ८५ र डेन्टल  तर्फ २ सय २६ गरि जम्मा एक हजार ४७ जना सहभागि भएका थिए । जसमा मेडिकल तर्फ  तीन सय ५८ जना र डेन्टल तर्फ एक सय ५१ जना उत्तिण भएकाछन् । 
यस पटक काउन्सिलले धरान, विराटनगर, लहान, जनकपुर, वीरगन्ज,  पोखरा, बुटवल र नेपालगन्जबाट लाईसेन्स परीक्षा लिएको थियो । 

Last modified on 2020-09-07 21:16:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts