वीरगंजमा पहिलो पटक प्लाजमा थेरापी गराएका कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

वीरगंज, २१ भदौ । वीरगंजमा  प्लाजमा थेरापी गराएको पहिलो संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको आईसीयु कक्षमा उपचाररत सर्लाही,चकरघट्टा ३ सुन्दरपुरका ३५ वर्षीय संक्रमितको मृत्यु भएको हो।

आईतवार बिहान १०:२ मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्लाजमा थेरापीपछि उनको अवस्था सुधारोन्मुख भइरहेको थियो। तर आईतवार बिहान अचानक उनको मुटुको धडकन रोकिएर मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

भाद्र १३ भदौ गते अस्पताल भर्ना भएका उनमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। भदौ १४ गते नै उनको प्लाजमा थेरापी गरिएको थियो।

उनी डिसिमिनेटेड इन्ट्राभास्कुलर कोगुलेशन (डिआईसी) स्टेजबाट फर्केका थिए। नारायणी अस्पतलाको एक चिकित्सकका अनुसार डिआईसी चरणबाट फर्केका ५ जना मात्र बाच्ने अध्ययनले देखाउँछ।


 

Last modified on 2020-09-06 21:34:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts