पछिल्लो २४ घन्टामा १८१४ कोरोना संक्रमित कोरोनामुक्त



Download our app to get more features

काठमाडौं, २१ भदौ ।  पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १४ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो सँगै नेपालमा  २८ हजार ९ सय ४१ जना संक्रमित  उपचारपछि निको भएका छन्।   सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र  हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्। 

मन्त्रालयका अनुसार १० हजार ३ सय ८२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै अहिले सम्म ७ लाख ६८ हजार ३ सय ४५ जनाको पिसिआर परीरक्षण भएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार  २७ रहेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts