काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए

काठमाडौं,२१ भदौ । पछिल्ले २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ संक्रमित थपिएका छन्।
काठमाडौंमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ क्रमित थपिएका हुन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ पुगेको छ।
त्यसैगरी, काठमाडौंमा ६ हजार ६ सय २४ ललितपुरका ९ सय १९ र भक्तपुरमा ७ सय ११ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा देशभर २ सय ९० महिला र ६ सय ९० पुरुष गरी ९ सय ८० नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ। २४ घण्टा १ हजार ८ सय १४ जना डिस्चार्ज भएसँगै २८ हजार ९ सय ४१ जना संक्रमणमुक्त भएका छन्।