वीर अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा प्रयोग गरिने



Download our app to get more features

काठमाडौं,२१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।

वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले  बताए ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बिहान बसेको बैठकले सो निर्णय भएको उनले जानकारी दिए। 
कोरोना संक्रमितको सख्ंया बढ्न थालेसँगै मन्त्रालयले कोभिड अस्पतालको संख्या थप गर्दै लगेको छ।

Last modified on 2020-09-06 17:05:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts