काठमाडौंमा ३ सहित ९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २१ भदौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २ महिला र ७ पुरुषको मृत्यु भएको छ ।
मोरङका २ जना, झापा १, धनुषा १, पर्सा १, चितवन १, र काठमाडौंका ३ जना गरी जम्मा ९ जनाको मृत्यु भएको हो। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ।
अहिलेसम्म आइसोलेसनमा १७ हजार २७ जना रहेका छन्, भने क्वारेन्टिनमा ४ हजार ७०३ जना रहेका छन्।
Last modified on 2020-09-06 16:40:58