पछिल्लो २४ घन्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, २१ भदौ । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा थप १ हजार ८ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २८ हजार ९ सय ४१ उपचारपछि निको भएका छन्।