काठमाडौंको डल्लुमा  एक पुरुषको होम आइसोलेसनमै मृत्यु



Download our app to get more features

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालीका १५ डल्लुस्थित विजयश्वरीका ६८ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। शनिवार बेलुका ५ बजे संक्रमित पुरुषको निधन भएको हो।

मिर्गौला रोगी पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर गर्दा भदौ १७ गते संक्रमण पुष्टि भएको वडा नं १५ का वडा अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

घरमै आइसोलेनसमा बसेका बेला उनको निधन भएको हो। मृतकको शव ब्यवस्थापन हुनसकेको छैन। नेपाली सेनालाई खबर गरिएको र शव आजै व्यवस्थापन  हुने डंगोलले बताए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts