गोरखा अस्पतालमा एक संक्रमित महिलाको मृत्यु



Download our app to get more features

 गोरखा, २१ भदौ । गोरखा अस्पतालमा थप एक जना महिलाको मृत्यु भएको छ। 
गोरखा नगरपालिका ७ धारापानी निवासी ७५ वर्षीया महिलाको उपचारको क्रममा शनिबार दिउँसो ४ः३० बजे मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवीन थापाले जानकारी दिए। 

अस्पतालका अनुसार उनी भदौ २० गते दिनको १२ः२० बजे ब्रेन हेमरेज भई अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी थिइन्। 

उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts