कोरोना बीमाको मापदण्ड सच्याउनुपर्छ,  शेखर गोल्छा



Download our app to get more features

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा नै मापदण्डको विरोधसमेत गरेका छन् । 

निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बीमा समितिले मापदण्ड बनाएपछि गोल्छाले त्यसलाई सच्याउन आग्रह गरेका हुन् ।

सरकारले नै अनुमति दिएर परीक्षण गर्दै आएका निजी प्रयोगशालाको रिपार्ट नै मान्य हुँदैन भन्नु गलत भएको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । 
बीमा समितिको यो मापदण्डका कारण सर्वसाधारणहरुले सास्ती पाउने र बीमाप्रतिको विश्वसनीयता पनि घट्ने उनले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts