चितवनमा थप एक संक्रमितको मृत्यु

चितवन,२१ भदौ । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचार गराइरहेका भरतपुर १५ का ७० वर्षका पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।
भदौ १२ गते छातीमा समस्या आएपछि अस्पताल भर्ना भएका ती पुरुषमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा एक्यूट रेस्पिरेटरी फेलियर भई उनको आइतवार बिहान ८:३० बजे मृत्यु भएको लम्सालले बताए।
Last modified on 2020-09-06 10:23:13