पाँच महिनामा ७३ जना सुत्केरी तथा गर्भवतीको मृत्यु



Download our app to get more features

काठमाडौं, २१ भदौ । लकडाउन सुरु भएदेखि साउन मसान्तसम्ममा ७३ जना गर्भवती तथा सुत्केरीको ज्यान गएको छ । 

लकडाउन सुरु भएको चैत ११ गतेदेखि साउन मसान्तभित्रमा देशका विभिन्न ठाउँमा गरी ७३ जना गर्भवती तथा सुत्केरीको ज्यान गएको परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा पुण्या पौडेलले जानकारी दिए । 

 डा. पौडेलले मृतकमध्ये धेरैको सुत्केरी भएको ४८ घण्टामा ज्यान गएको देखिएको र यसको कारण अत्याधिक रक्तश्राव तथा सुत्केरीपछि मुर्छा हुने समस्या रहेको पनि बताए । 
यस्तो समस्या रोक्नको लागि सबै स्वास्थ्य संस्थाहरुमा रक्तश्राव रोक्ने औषधि र स्वास्थ्यकर्मीलाई तालिमका कार्यक्रमहरु सुरु गरिएको छ ।
यदि गर्भवती महिला सङ्क्रमित भएमा पनि सुरक्षित सुत्केरी सेवा उपलब्ध भएकोले समयमै नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउन उनले आग्रह गरे। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts