देशभर १९१ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुदै

काठमाडौं, २० भदौ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ९१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार २४ जना भेन्टिलेटरमा र १ सय ६७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०८ जना आइसियु र २० जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ३ जना आइसियु र १ जना भेन्टिलेटरमा रहेका छन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २८, प्रदेश ५ मा २० आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।