वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

वीरगञ्ज, २० भदौ । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १० का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नारायणी बयोधा अस्पतालबाट थप उपचारका लागि शुक्रबार काठमाडौं रिफर गरिएको थियो । काठमाडौं लेराउँदै गर्दा बाटैमा मध्यरातमा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।