पछिल्लो २४ घन्टामा ९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २० भदौ । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये २ सय ८० पुगेको छ।
प्रदेश १ मा मोरङकी ४३ वर्षीया एक महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।
त्यसैगरी, बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षीया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। प्रदेश ५ मा नवलपरासीका ३६ वर्षीया महिला र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको छ।
देशभर पछिल्लो २४ घन्टामा ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।