काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २० भदौ । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा ३ सय २६, ललितपुरमा ३७ र भक्तपुरमा ४५  संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ।

त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८ सय ८७  र भक्तपुरमा ६ सय ७९ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ४९ महिला र ६ सय ९२ पुरुष गरी  १ हजार ४१  नयाँ संक्रमित थपिएका छन्।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts