नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, २० भदौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ।
शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २७ हजार १ सय २७ उपचारपछि निको भएका छन्।