सरकारले तोकेको शुल्कमा कोरोना संक्रमितको उपचार १६ वटा निजी अस्पतालले गर्ने

काठमाडौं, २० भदौ । देशका १६ वटा निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोरोना संक्रमितको उपचार गर्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १६ वटा निजी अस्पतालले सरकारले तोकेको शुल्कमा उपचार गर्ने सम्झौता भएको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
ती निजी अस्पतालमा मन्त्रालयको समन्वयमा कोरोनाका बिरामी पठाउने र उनीहरुको खर्चसमेत सरकारलेनै व्यहोर्ने उनले बताए ।
उनका अनुसार हाल सरकारको समन्वयमा काठमाडौं उपत्यकाका ७ र उपत्यका बाहिरका ९ वटा निजी अस्पतालमा कोभिड–१९ का बिरामीको उपचार गराउँदा सम्पूर्ण खर्च सरकारले व्यहोर्छ र यस्ता अरु निजी अस्पतालहरु पनि थपिने क्रम जारी छ ।
सरकारले कोरोनाका लक्षण नभएका बिरामीको उपचार गरेबापत दैनिक ३ हजार ५ सय, लक्षणसहितका संक्रमितको दैनिक ७ हजार र गम्भीर संक्रमित जसलाई आइसियु तथा भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने भए त्यस्ता बिरामीको उपचार गरेबापत् १५ हजार रुपैयाँ लिनपाउने व्यवस्था गरेको छ ।
सरकारले पठाएका कोरोना संक्रमितको खर्च सरकारले व्यहोर्ने काठमाडौं उपत्यकाका निजी अस्पतालहरु :
जनमैत्री अस्पताल
बयोधा अस्पताल
काठमाडौ मेडिकल कलेज सिनामंगल
मेघा अस्पताल, कान्तिपुर अस्पताल तिनकुने
काठमाडौं डेन्टल एण्ड जनरल अस्पताल बसुन्धरा
नोबेल अस्पताल सिनामंगल
काठमाडौं उपत्यका बाहिरका अस्पताल :
चितवन मेडिकल कलेज, भरतपुर
धुलिखेल सामुदायिक अस्पताल, धुलिखेल
पुरानो मेडिकल कलेज, भरतपुर
जानकी अस्पताल, जनकपुर
नेशनल मेडिकल कलेज,वीरगञ्ज
नेपालजञ्ज मेडिकल कलेज,कोहलरपुर
लुम्बिनी मेडिकल कलेज, पाल्पा
देवदह मेडिकल कलेज, बुटवल
विराट मेडिकल कलेज, विराटनगर