कोशी अस्पतालमा ६४ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, २० भदौ । विराटनगरस्थित कोशी अस्पतालमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
विराटनगरकी ६४ वर्षिय महिलाको शुक्रबार राती ८ बजे मृत्यु भएको कोभिड संयोजक दिपक सिग्दलले बताए ।
अस्पतालका अनुसार उनी शुक्रबार दिउँसो गम्भिर श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएकी थिईन।
शुक्रबार नै पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।