धुलिखेल अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, २० भदौ । धुलिखेल अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

महोत्तरी बर्दिबासका ७५ वर्षिय पुरुषको अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा सुमन ताम्रकारले बताए । 
डा ताम्रकारका अनुसार उनी १८ दिन अगाडी सास फेर्न गाह्रो भएर अस्पतालमा भर्ना भएका थिए। 

अस्पतालका अनुसार उनको दुई हप्ता अगाडी पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो। उनी पहिलादेखि नै दम र प्रेसरका बिरामी थिए। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts