बुटबलको कोरोना अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

रुपन्देही, २० भदौ । बुटवलको कोरोना अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १० का ४० वर्षीय पुरुषको हिजो बेलुका ११:१० मृत्यु भएको हो । भदौ १५ गते अस्पताल भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनलाई उच्च ज्वरो तथा श्वास प्रश्वासमा समस्या थियो ।
त्यस्तै धागोकारखनाको कोरोना अस्पतालमा भर्ना भएकी नवलपरासी प्रतावपुरकी ३७ बर्षिय महिलाको आज विहान ६ बजे मृत्यु भएको छ
उनी १५ भदौमा अस्पताल भर्ना भएको र भेन्टिल्टरमा उपचारको क्रममा विहान मृत्यु भएको डा. गौतमले बताए । उनलाई पनि उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या रहेको थियो ।
Last modified on 2020-09-05 07:55:13